ललितपुर १३ भदौ । ललितपुर धापाखेलमा एक महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २४ धापाखेल नखुडोलस्थित जस्ताको टहरामा मृत फेला परेकी हुन् । सोही टहरामा बस्ने ३६ वर्षीय शशीकला राई बिहीबार मृत अवस्थामा मृत फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।