४ साउन । काठमाडौँ न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयले पुनः अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी खटाइएको छ । उच्च अदालतले फुटपाथ विस्तारको लागि बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम शुरु गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो ।…