काठमाडौं । गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको स्थानमा एसएसपी रमेश थापालाई जिम्मेवारी दिएको छ । एसएसपी अधिकारी जेनजी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग र फितलो सुरक्षा व्यवस्थाको आरोपमा विवादमा तानिएका थिए । भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको बल प्रयोगका कारण स्थिति नियन्त्रणबाहिर गएको थियो…