०७ जेठ ०७७, काठमाडौं । काठमाडौँ उपत्यकाका १९१ पत्रकारको आज पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको समन्वयमा राष्ट्रिय सञ्चारमाध्यम र विभिन्न अनलाइनमा कार्यरत सञ्चारकर्मीमा परीक्षण गरिएको छ । सिनामङ्गलस्थित सञ्चारग्राममा गरिएको आजको परीक्षणमा मन्त्रालय मातहतको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको स्वास्थ्य टोलीले…