२४ माघ ०७६, भक्तपुर । चाँगुनारायण नगरपालिकाको छैटाँै नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजदेखि शुरु भएको चाँगुनारायण नगरपालिकाको छैटाँै नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गर्र्दै…