१२ १२ कात्तिक । काभ्रेको खानिखोला गाउँपालिकाबाट बनेपातर्फ आउँदै गरेको बा१४च ७०७७ नम्बरको बोलेर पल्टिँदा एमालेका नेताहरु घाइते भएका छन्। शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समापन गरी फर्कंदै गरेको गाडी दुर्घटनामा परेको हो। बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाइते संविधान सभा सदस्य रामहरि सुवेदीले बताए।…