एकै दिन राजधानीका तीन स्थानमा चोरी भएको छ । शुक्रबार ललितपुरको गोदावरी २ विशंखु, काठमाडौंको बालाजु र कपुरधारामा चोरी भएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ गोदावरी नगरपालिका २ विशंखु बस्ने बालकृष्ण गुरूङको घरबाट सुनका गरगहना र नगद चोरी भएको हो । उनको घरबाट करिब ३ लाख २६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको…