१० असोज । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले 'ई'ले धर्ना दिइरहेको स्थानको अनुगमन गर्नुका साथै उनीसँग छलफल समेत गरेको एक प्रेस…