२० असार । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषी ठहर गरेको थियो भने सजाय निर्धारण बुधबार भएको हो ।…