९ बैशाख । ललितपुरको टिकभैरवमा एक साइकल यात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ६ टिकाभैरबस्थित ललितपुर मानभवन बस्ने ४० वर्षीय मनि गुरुङले चलाएको साईकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा उनकोे मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।