काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा शुरु गरिने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेकमा सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका…