२१ साउन । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ । बौद्ध धर्मावलम्बीहरूले यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रुपमा लिनाका साथै करुणामयको नामबाट चिनिने…