काभ्रेपलाञ्चोक अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको जनागाल–भैँसेपाटी भागमा कालोपत्र सुरु गरिएको छ। वर्षाका कारण रोकिएको काम बनेपा–१० स्थित जनागाल क्षेत्रबाट पुनः सुरु भएको हो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार साँगातर्फ ‘सिसटीबी’को काम सकिएपछि निरन्तर कालोपत्र अघि बढाइनेछ। तर बनेपाको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’ विवादका कारण करिब ६ महिनादेखि काम अवरुद्ध छ। १६ किलोमिटर लम्बाइको उक्त सडक…