काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका दोषी मोरङका ३८ वर्षीय प्रेम विश्वकर्मालाई प्रहरी वृत्त गौशालाले काठमाडौंकै वडा नम्बर ७ बुलबुलेबाट नियन्त्रणमा लिएको हो। अदालतले २५ वर्ष कैदको फैसला गरेपछि ५ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका विश्वकर्मा जेनजी आन्दोलनमा भएको तोडफोडको मौका पारी भागेका थिए।…