काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत मेयर बालेनले राष्ट्रपति रामचन्द्र पौडेललाई संसद विघटन गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका हुन्। उनले चुनावी सरकारको नेतृत्व जेनजीबाट आएको सुशीला कार्कीप्रति आफ्नो समर्थन गरेको उल्लेख गरेका छन्। 'प्रिय जेनजी तथा सम्पूर्ण नेपालीहरूमा…