भक्तपुर । नेपालीहरूको महान पर्व दशैँ नजिकिंदै गर्दा मुस्ताङबाट ल्याइएका भेँडा र च्याङ्ग्राहरू भक्तपुरको सल्लाघारीमा बिक्रीका लागि राखिएका छन्। यहाँका व्यापारीहरूले प्रतिकेजी १३ सय रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री गरिरहेका छन्। व्यापारी चित्रबहादुर सिलवालका अनुसार, मुस्ताङबाट काठमाडौंसम्म पशु ल्याउँदा विभिन्न स्थानका स्थानीय निकायहरूले कर लिने भएकाले लागत बढेको छ। सल्लाघारीमा रहेका पशुहरूलाई पशु चिकित्सकले स्वास्थ्य परीक्षण…