ललितपुर । विभिन्न पाँच मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–५ का ३१ वर्षीय छबिन्द्र हुमागाईं छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी विभिन्न पाँच मुद्दाका अभियुक्त रहेको पाइएको प्रहरीले बताएको छ । पछिल्लो पटक उनी वैदेशिक ठगीको अभियोगमा पक्राउ परेका हुन् ।…