भक्तपुर २१ असार । मध्यपुरथिमि नगरपालिकाले सम्पदा क्षेत्र संरक्षण गरी सम्पदा पदमार्ग निर्माण गर्ने भएको छ । नगरपालिकाको विकास–निर्माण र सेवा प्रवाहसम्बन्धी अन्तरसंवादमा बोल्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको परम्परागत पहिचानलाई बचाउन पोटरी स्क्वायर, सेरामिक्स हबका साथै माटाका भाँडाकुँडाको सङ्ग्रहालय बनाउने जानकारी दिएका छन् । उनले शङ्खधर चोकदेखि बालकुमारी हुँदै मध्यपुरथिमिभित्र सम्पदा क्षेत्र घोषणा…