काभ्रे । रोसी गाउँपालिका-१२, माम्तिमा गएराति खसेको पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी सञ्चालन सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, जेसीभीको सहायतामा पहिरो पन्छाएपछि बिहीबार बिहानबाट दुईतर्फी रुपमा गाडी चल्न थालेको हो। गत वर्षको बाढीले क्षतविच्छेद भएको राजमार्ग अहिले पनि बाढीपहिरोको उच्च जोखिममा रहेको छ। जोखिमलाई मध्यनजर गर्दै, स्थानीय प्रशासनले रातको समयमा यहाँ गाडी…