काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् । आज (मंगलबार) बिहान लामिछानेसहित रास्वपाका नेताहरुले सभामुख घिमिरेलाई आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् । लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै उनको सांसद पद निलम्बन गरिएको थियो । अहिले…