आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको सिमकोट (हुम्ला) नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् । उहाँ काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन् चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै भएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर…