काठमाडौं । भदौ २३ र २४ गतेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगमा उपस्थित भएर पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार लिखित धारणा पेस गरेका छन् । उनले प्रदर्शनका क्रममा बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको दाबी गरेका छन् । लेखकका अनुसार भदौ २२ गतेको सुरक्षा समितिको बैठकमा कुनै हताहती नहोस् भन्दै संयमता अपनाउन निर्देशन दिइएको थियो…