२ कात्तिक । माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ। बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए। ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ,’ उनले भने, ‘जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष…