२० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल जुन प्रतिवेदनका कारण पार्टीको कारवाहीमा परेका थिए उनी आफैंले उक्त प्रतिवेदन सार्वजनिक गरेका छन् । आज ह्वाट्सएप ग्रुपमार्फत उनले ३३ पेज लामो उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा पार्टीको जनमत घट्दै गएकोदेखि पार्टीमा ग्यालेक्सी टिभीका मान्छे धेरै भएको र रास्वपा अन्य पार्टीको ‘डम्पिङ साइट’ भएको…