काठमाडौं । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर शास्त्रीय विधिअनुसार नवपत्रिका भित्र्याएर मनाइँदैछ। घटस्थापनादेखि वैदिक विधिपूर्वक पूजा गरिएको दशैं घर वा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार फूलपातीलाई…