राजविराज (सप्तरी) २७ फागुन । कुनौली राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित पुलमुनि एक पुरुषको शव आज फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका १६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी…