काठमाडौँ २ कात्तिक । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उनको छातीमा स्टेन्ट राखिएको…