१० साउन । सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गरेको छ। एमालेका प्रमुख सचेतक पदम गिरीले छानबिन समिति नबनेसम्म एमालेले संसद् चल्न नदिने बताए। उनले भने, ‘अहिलेको सुन सेटिङ बिग्रिँदा पक्राउ परेको हो। यसअघि ३३ पटक आएको छ। त्यसका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्छु। गृहमन्त्रीदेखि तल्लो तहसम्म रहेकाहरुमाथि छानबिनका…