२९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान एमालेले राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । सोमबार बैठक शुरु भएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले कांग्रेस सांसद सुनिल शर्मालाई बोल्न दिएका थिए…