२४ जेठ । जल तथा माैसम पुर्वानुमान महाशाखाले तातो हावा तथा लूकाे सम्भावना बढ्ने चेतावनी दिएकाे छ । आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा जल तथा माैसम पुर्वानुमान महाशाखाले गरेकाे विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा अझै बढ्ने देखिन्छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार…