काठमाडौं, १२ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको छ। प्रधानमन्त्रीले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई प्रस्ताव गरेको र सबैले समर्थन गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बताए। बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए। कांग्रेसबाट यतिबेला…