काठमाडौं, २९ माघ । नेकपा एमालेका सांसद रघुजी पन्तले भीआईपी सवारी हुँदा नागरिकलाई दुःख दिन नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् पन्तले राष्ट्रपतिसहितका भीआईपी सवारीमा सहज उपाय अवलम्बन गर्नुपर्ने बताएका हुन् । पन्तले भने,‘शुक्रबार राष्ट्रपति निस्किँदा एम्बुलेन्स पनि जाममा पर्यो । सर्वसाधारणले दुःख पाए । सरकारले गल्ती गर्दा राष्ट्रपतिले गाली खाने रु…