५ पुस ०७९, काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनी आज भर्ना भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ । नेता नेपाललाई…