१४ भदौं ०७९, काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ । पशुपति क्षेत्र विकास कोषले विसं २०६५ देखि बन्द रहेको वाग्मती नदी किनार एवं आर्यघाट क्षेत्रको पूर्वी मूलढोका यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन खोलेको थियो…