१३ साउन ०७९, काठमाडौं । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने पत्र अमेरिकालाई पठाएको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन ९ गते एसपीपी स्वीकार नगर्ने नेपाल सरकारको निर्णयबारे कूटनीतिक माध्यमद्वारा अमेरिकालाई लिखित रूपमा जानकारी गराइसकेको बताए । आज संसदमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले आन्तरिक परामर्श गर्नुपर्ने भएकोले अमेरिकालाई पत्र पठाउन केही ढिलो…