१६ जेठ ०७९, काठमाडौं । मुस्ताङमा आइतबार भएको जहाज दुर्घटनाको अनुसन्धान गर्न सरकारले जाँच आयोग गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमन इन्चार्ज रहने गरी ५ सदस्यीय आयोग गठन गरिएको हो। आयोगका सदस्यहरूमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र वरिष्ठ मौसमविद् मणिरत्न शाक्य…