२८ चैत ०७८, काठमाडौँ । स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको हो । जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको…