काठमाडौं। अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले हालै राजपत्रमा प्रकाशित गरेको ऐन संशोधनसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा महत्वपूर्ण परिवर्तन गरिएको हो। संशोधित कानुनी प्रावधान अनुसार ऐनको दफा ५४ को उपदफा ३ मा उल्लेखित सवारी चालक अनुमतिपत्रको बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ।…