रमेश गिरी ३ फाल्गुन ०७६, भक्तपुर । सरकारले कोरोना भाइरस ९कोभिड १९० को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । क्वारेन्टाइनस्थलमा आज रासस र नेपाल टेलिभिजनका सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको…