३० वैशाख ०७८,काठमाडौं । नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं यो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका…