२८ वैशाख ०७७, काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको बताइएको छ । चौलागाईदोलखाबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।