५ पुस ०७७, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्गलबार केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज(आइतबार) बसेको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभाको विघटन तथा पार्टीको आगामी कदमबारे निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले…