५ पुस ०७७, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सात मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर उहाँहरुले राजीनामा दिएका हुन् । राजीनामा गर्नेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कृषि पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार…