१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि


१७ पुस २०७७, शुक्रबार  

0
Shares


१७ पुस, ०७७ काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।
आज पहिलो दिनको बैठकमा पेस हुने सम्भावित कार्यसूची बिहीबार तयार भएको छ । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । राष्ट्रियसभाका अध्यक्षबाट जारी भएको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

 

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।