१५ फागुन ०७६, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गर्नुभएको थियो । नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि सङ्घीय संसद्…