३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सामुदायिक विद्यालयमा कोरोना सचेतना शुरु


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares


२२ फागुन ०७६, काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ ।
उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो । भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अङ्कमाल नगर्न, नियमित रुघाखोकीका लागि प्रयोग हुने सिटामोल र डिकोल्ड, साइनेक्सजस्ता औषधि घर र विद्यालयमा राख्न आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा भिक्स, अदुवा र जीराको दाना घरमा राखेर परेको खण्डमा दैनिक सेवन गर्न तथा स्प्रिड, डिटोल र साबुनपानीले हात सफा गर्ने बानी बसाल्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ५० बजे