काठमाडौं । मोरङमा कोशी प्रदेशका चार जना सांसद सवार गाडी दुर्घटनामा परेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ खण्डमा पूर्व–पश्चिम राजमार्गको बेलबारीबाट झापातर्फ गइरहेको बा. ५ च ३५३० नम्बरको निजी कार र विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको अर्को कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । बा. ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय,…