१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एकैदिन भूकम्पका तीन धक्का



काठमाडौं । आज एकै दिन भूकम्पका तीन वटा धक्का महसुस गरिएको छ । बझाङ र कास्कीमा फरक-फरक समयमा गरी तीन वटा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

यसअघि आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।