१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वसांसद अफताब आलम निर्दोष ठहर भएपछि रिहा



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम जेलमुक्त भएका छन् । उच्च अदालत वीरगञ्जको इजलासले बुधबार उनलाई निर्दोष ठहर गरेपछि उनी रिहा भएका हुन् । अदालतको सफाइको आदेश कारागारमा पुगेसँगै आलमलाई ललितपुरको नख्खु कारागारबाट छुटाइएको हो ।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । तर उच्च अदालत वीरगञ्जले सो फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो ।

वि.सं. २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो राति रौतहटको राजपुरस्थित इँटाभट्टामा मानिसलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।