६ पुस ०७९, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका १ ग्वाल्दहस्थित सडकमा साइकलबाट लडेर ललितपुर घर भएका ५३ वर्षीय रमन कुमार शाहीको सोमबार बिहान मृत्यु भएको छ । साईकलबाट लडेर गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।